तस्बिर- एन्फा

काठमाडौं ।  एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एपीएफ क्लबले आज थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्ससँग प्रतिस्पर्धा गर्नेछ ।

advertisement

खेल उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । एपीएफको नेतृत्व कप्तान अनिता बस्नेतले गर्नेछिन् ।

एपीएफ पहिलो खेलमा आयोजक क्लब नासाफ पीएफसीसँग ३-० ले पराजित भएको थियो । यता कलेज अफ एसियन स्कोलार्सले भने उद्घाटन खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले हराएको थियो ।

समूह चरणमा स्थान सुरक्षित गर्न एपीएफलाई आजको खेल जित्नैपर्ने छ । पराजित भए एपीएफको समूहविजेता बन्ने सम्भावना समाप्त हुनेछ ।

प्रारम्भिक चरणमा रहेका ५ समूहका विजेता तथा पाँचमध्ये उत्कृष्ट एक उपविजेता टोलीले अर्को चरणमा प्रवेश पाउनेछन् ।

 

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com