जनकपुरधाम। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैंपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाइने बताएका छन्।

बिहीबार सर्लाहीमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका महामन्त्री थापाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन सम्पन्न हुने पार्टीको विधान अनुसार स्पष्ट पारे।

advertisement

थापाले पार्टीले मुलुकलाई लोकतन्त्र, सुशासन र विकासको मार्गमा अघि बढाउन दृढ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन सुदृढीकरण र जनताको समस्याको समाधानमा प्राथमिकता दिने बताए।

उनले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीहरू सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने कुरा स्पष्ट पार्दै भने, “कसले के भन्यो भन्नेभन्दा पनि विधानअनुसार अघि बढ्नै पर्छ।”

महामन्त्री थापाले वर्तमान सरकार बहुदलीय सहमतिमा बनेको हुँदा सबै सहयात्री दललाई समेटेर अघि बढ्नु आवश्यक रहेको र तत्काल सरकार परिवर्तन नहुने पनि प्रष्ट पारे।

थापाले हाल चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको उल्लेख गर्दै, १५ औँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने वा नगर्ने विषयमा अहिले नै विचार नगरेको बताए। साथै, नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको काम आगामी महाधिवेशनअन्तर्गतै सम्पन्न हुने जानकारी दिए।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com