काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

बिहीबार मन्त्रालयमा अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) का एशिया निर्देशक डा. जोङ्ग सूसँगको भेटमा मन्त्री अधिकारीले जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग बढ्दै गएको र त्यसलाई आन्तरिक उत्पादनले धान्न नसक्दा आयातमा ठूलो रकम खर्चिनु परेको उल्लेख गरे।

advertisement

उनका अनुसार सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन तथा चामल उद्योगसँग सहकार्य जस्ता पहल गर्दै आएको छ। जलवायु परिवर्तनका कारण उत्पादनमा परेको असरलाई ध्यानमा राख्दै जलवायु अनुकूल धानका जात विकासमा इरीले पु¥याएको योगदानको मन्त्री अधिकारीले प्रशंसा गरे।

“हामीलाई इरीको थप साथ आवश्यक छ। कुनै प्रोजेक्ट नहुँदा पनि धान अनुसन्धान र विकासका लागि इरीको विशेषज्ञता उपयोग गर्न सरकारले फण्ड व्यवस्थापन गर्ने दिशामा काम गरिरहेको छ,” मन्त्री अधिकारीले भने।

भेटमा इरीका निर्देशक सूले नेपाल सरकारसँगको सहकार्यबापत आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्ने आशा व्यक्त गरे। कार्यक्रममा इरीका नेपाल प्रतिनिधि डा. हुमनाथ भण्डारीसहित मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com