काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल गरेका छन्।

सभामुखले समसामयिक राजनीतिक विषय, संसद्को कार्यसूची (क्यालेन्डर) तथा भोलि बस्ने संसद् बैठकको तयारीबारे प्रमुख सचेतकहरूसँग परामर्श लिएको उनका सचिवालयले जनाएको छ।

advertisement

छलफलमा सत्तारूढ दल नेपाली कांग्रेस, प्रमुख विपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सहभागी रहेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com