काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८४ सालसम्म अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् । बिहीबार (भदौ १२) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तत्काल अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् ।

वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएको विकृतिलाई निर्मम रूपमा सुधारेको उनले उल्लेख गरे । स्थिर सरकार भएकै कारण कानुनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको उनको भनाइ छ ।

advertisement

“कांग्रेस–एमाले दुईवटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसद्बाट योभन्दा शक्तिशाली सरकार बन्नै सक्दैन,” उनले भने, “२०८४ सम्म यो सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यति बेला के काम गर्नुपर्ने भन्ने हिसाबले काम गरिएको छ ।”

चालु आर्थिक वर्षको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर नल्याइएको उनले जिकिर गरे ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com