काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकमा भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ।

सभामुख देवराज घिमिरेले भदौ महिनाभर चल्ने बैठकको कार्यसूची तय गर्न प्रमुख सचेतकहरूसँग परामर्श गरेका थिए। सो क्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने कार्यतालिका रहेको जानकारी दिए।

advertisement

उनका अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ।

यसैबीच, भदौ १८ र १९ गतेका लागि समेत कार्यसूची तयार गरिएको छ। प्रमुख सचेतक बर्तौलाले भदौ १८ गते नागरिकता विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्ने तयारी भएको बताए। त्यस्तै, भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित सङ्घीय निजामती विधेयक फिर्ता आएमा १८ गते प्रतिनिधि सभामा टेबुल गरी १९ गते पारित गरिनेछ।

त्यसपछि भदौ २५, २६ र २७ गते बैठक बस्ने कार्यतालिका रहेको छ। भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको बर्तौलाले जानकारी दिए।

उनले भने, “यो महिनाभरिका बैठकहरू विधेयक पारित गर्ने कार्यमा केन्द्रित हुनेछन्। विशेषगरी भूमि, नागरिकता, संवैधानिक परिषद् र संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक यसै महिनामा पारित हुनेछन्। शिक्षा विधेयक पनि भदौ २६ गते पास गर्ने लक्ष्य छ।”

उनका अनुसार भदौ महिनाभर प्रतिनिधि सभाबाट संघीयतासँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू पारित हुनेछन्।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com