काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।
उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई आफूले राजनीतिमा ल्याएपछि भण्डारीलाई पनि राजनीतिमा आउने बाटो खुलेको बताए। विहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने दाबी गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सहमतिमै नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको दाबी गर्दै दाहालले भण्डारीको चीन भ्रमणपछि भने विवाद देखिएको बताए । फरक प्रसंगमा अध्यक्ष दाहालले दुई ठूला दल नेपाली कांग्रेस र एमालेले रुचि नदेखाएकाले संविधान कार्यान्वयनमा समस्या भएको उल्ल्ेख गरे ।
संविधान संशोधन गर्ने मुख्य एजेण्डासहित सरकार बनाएका दलहरुबीच नै असमझदारी बढेकाले संविधान संशोधनको मुद्दा अघि बढ्न नसकेको दाहालको भनाइ थियो ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार











प्रतिक्रिया