काठमाडौँ । भेपको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न भन्दै सिंगापुरमा कानूनी प्रावधानमा थप कडाइ गरिएको छ ।

भेप प्रयोग गर्ने व्यक्तिलाई चर्को जरिवाना, लामो समयसम्म जेल सजाय गर्ने तथा आवश्यक परेमा विदेशीसँगै पर्यटकलाई देश निकाला गर्ने सम्मको कानूनी प्रावधान अघि सारिएको हो । सिंगापुरमा सन् २०१८ मा भेपमा प्रतिबन्धको घोषणा भएपनि पछिल्लो समय लागूऔषधको प्रयोग उच्च भएको पाइएपछि थप कडाइ गरिने भएको हो ।

advertisement

केहि समय अघि जफत गरिएका एक सय भेपको नमूना परिक्षणका क्रममा एक तिहाइ भेपमा लागुऔषध प्रयोग भएको पाइएको थियो । सिंगापुरका स्वास्थ्य मन्त्रीका अनुसार नयाँ नियमहरुआगामी सेप्टेम्बरबाट कार्यान्वयन गर्ने तयारी भएको छ । नयाँ नियमअनुसार, सामान्य भेप प्रयोग गर्नेले पाँच सय डलर जरिवाना तिर्नुपर्नेछ भने लागु औषध प्रयोग भएका भेपको प्रयोग गर्नेलाई थप कडा जरिवाना हुने समाचारमा जनाइएको छ ।

यस्तै भेपकोकारेबार गर्ने सप्लायर्सलाई २० वर्षसम्म जेल सजाय हुनेछ । विदेशी कामदार र पर्यटकको हकमा बसोबास र रोजगार अनुमति रद्द गरि देश निकाला गर्ने सम्मको कानूनी व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com