अटवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले ठूला दलहरूले नियामक निकायदेखि न्यायालयसम्म दलीय भागबण्डा गरेर ‘स्टेट क्याप्चर’ गरेको आरोप लगाएका छन्।

क्यानडाको अटवामा नेप्लिज क्यानडियन एसोसिएसनद्वारा आयोजित अन्तरक्रियामा वाग्लेले यस्तो गतिविधिले नेपाल उदार लोकतन्त्रबाट ‘लुटतन्त्र’तर्फ धकेलिएको दाबी गरे। उनले रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोधपूर्वक मुद्दा दायर गरेको र करिब ५० लाख नागरिकले उनको रिहाइका लागि हस्ताक्षर गरिसकेको बताए।

advertisement

प्रदेशसभा अनावश्यक रहेको उल्लेख गर्दै वाग्लेले प्रदेश सरकारलाई छरितो बनाउन विधायकी जिम्मा स्थानीय तहलाई दिन सकिने धारणा राखे। खर्चिलो चुनाव प्रणालीले पनि भ्रष्टाचार बढाएको भन्दै उनले टिकट लिनै आफ्नै नेतालाई पैसा दिनुपर्ने अवस्था अन्त्य गर्न रास्वपाले प्राइमरी प्रणालीको अभ्यास थालेको जानकारी दिए।

आर्थिक पक्षमा उनले भारत र चीनसँगको दुरत्व बढ्दै गएको उल्लेख गर्दै सही नीति र राजनीतिक स्थायित्व भए १० वर्षभित्र नेपाल श्रीलंकाको वर्तमान स्तरमा पुग्न सक्ने बताए। उनले संसारभरका नेपाली (डायस्पोरा) लाई सीप, स्रोत र अनुभवमार्फत नेपालको रूपान्तरणमा सहभागी हुन आह्वान गरे।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com