काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ।
नेपाल मगर सङ्घद्वारा आयोजित स्व. गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसमा चौधरीले ‘मलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप लगाएका थिए। समितिले उक्त आरोपलाई निराधार, कपोकल्पित र थारु आन्दोलनको मर्मविपरीतको राजनीतिक बेइमानी भन्दै घोर भर्त्सना गरेको हो।
संयुक्त सङ्घर्ष समितिका संयोजक प्रेमीलाल चौधरीले विज्ञप्ति जारी गर्दै चौधरीलाई गलत अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन्। समितिले थारु नेताहरू निरन्तर ४१ बुँदे माग, राज्यसँग भएका सहमति–सम्झौताका कार्यान्वयन, टीकापुर घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक, राजबन्दीहरूको रिहाइ र शहीद–घाइते परिवारको पुनर्स्थापना जस्ता मुद्दामा संघर्षरत रहेको स्पष्ट गरेको छ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया