काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैँया बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ लाख ६ सय रुपैँया कायम भएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख ९९ हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया