काठमाडौं । मन्त्रिपरिषद्ले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। यो नियुक्ति न्यायपरिषद्को सिफारिसअनुसार भएको हो।
न्यायपरिषद्ले विशेष अदालतका अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो। नयाँ सदस्यहरूमा वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला रहेका छन्।
विशेष अदालतका अध्यक्ष र सदस्यहरूको नियुक्ति सरकारले न्यायपरिषद्को सिफारिस अनुसार गर्ने कानुनी व्यवस्था रहेको छ। यसअघि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका थिए।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया