काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले उखु किसानको भुक्तानी तुरुन्त दिन सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले भने, “उखु किसानको पैसा दिन नसक्ने सरकार कसरी दुई तिहाइको बहुमत पाएको हो?”
उनीहरूले सरकारलाई किसानको भुक्तानी सुनिश्चित गर्न दबाब दिन कमै नेता अगाडि आएको बताए। माइतीघरमा प्रदर्शनरत उखु किसानको समस्या समाधानमा तत्काल ध्यान दिन शाहीले जोड दिए।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया