काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन अभाव भएको भन्दै एक महिना गृह मन्त्रालय चलाउन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले भने, “मुलुकमा हत्या, लुटपाट र कानूनको अवज्ञा बढेको छ। यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने मलाई एक महिना दिनुस्, म देखाउँछु सुशासन र कानुनी शासन के हो।”

advertisement

साथै उनले चेतावनी दिँदै भने, “यदि म सफल भएन भने सांसद पदबाट राजीनामा दिन तयार छु।”

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com