काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनसँग जोडिने उत्तरतर्फका सीमा नाका तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सापकोटाले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका बाढी र पहिरोका कारण बन्द भएको उल्लेख गर्दै तत्काल सञ्चालन गर्न आग्रह गरे। उनले अरनिको राजमार्ग २९ दिनदेखि अवरुद्ध हुँदा मुलुकको राजस्वमा असर परेको बताए।
‘वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ, तर दुवै नाका बन्द हुँदा बजार भाउ अपत्यारिलो रूपमा बढ्न सक्छ,’ उनले भने। सांसद सापकोटाले साधन स्रोत प्रयोग गरी पहिरो व्यवस्थापन गरी नाका खोल्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने जोड दिए।
साथै, उनले उखु र दुग्ध किसानका अनुदान कटौती निन्दनीय भएको भन्दै किसानका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया