काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणमा प्रतिनिधिमण्डलले नेपालको राष्ट्रिय हित र प्रतिष्ठालाई सर्वोच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरूलाई विश्वस्त रहन आग्रह गर्दै भने, “मेरो नेतृत्वमा जाने प्रतिनिधिमण्डलले नेपालको हित र प्रतिष्ठालाई सर्वोच्च राख्दै काम गर्नेछ। यस विषयमा तपाईंहरू पूर्ण विश्वास राख्न सक्नुहुन्छ।”
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया