सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उनि पहिलो महिला प्रजिअ छिन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उहाँले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदभार ग्रहण गरिन् ।
आज सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिए । उनले भनिन्र, “निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया