काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार धरौटीमा छोड्ने निर्णय सुनाएको हो । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

advertisement

पाँडेलामाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । सोही उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com