जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
शुक्रबार व्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामले आयोजना गरेको बलभद्र जयन्ती पूजन समारोहलाई सम्बोधन गर्दै उनले यस्ता धार्मिक–सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक चेतना जागृत गर्ने मात्र नभई सामाजिक एकता मजबुत बनाउन ठूलो भूमिका खेल्ने उल्लेख गरे ।
बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइरहन्छ, निधिले भने ।
सो अवसरमा प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परा जोगाउन समुदायस्तरमै निरन्तर क्रियाशील कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक र सामुदायिक गतिविधिप्रति निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया