काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका लागि सबैभन्दा ठूलो चुनौती एमाले अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले हालको परिस्थितिमा समाजवादी पार्टीलाई कमजोर बनाउने प्रमुख कारक ओली नेतृत्व नै रहेको दाबी गरे ।
अध्यक्ष नेपालले कांग्रेसलाई शत्रु ठान्ने, माओवादीसँगको सहकार्य तोड्ने र पार्टीलाई एक्ल्याउने सोच गलत रहेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिले कम्युनिष्ट आन्दोलन नै कमजोर हुने चेतावनी दिए । उनले भने, “६ महिनाअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिएर अध्यक्ष बनाउने आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध उभिएको छ ।”
यस्तै, अध्यक्ष नेपालले आफ्नै पार्टीभित्र केही नेताहरूले अनुशासनविपरीत गतिविधि गरिरहेको भन्दै त्यस्तो कार्य सह्य नहुने चेतावनी दिए । पार्टी नेतृत्वप्रति असहमति भए महाधिवेशनमै प्रतिस्पर्धा गर्न तयार हुनुपर्ने स्पष्ट सन्देश उनले दिएका छन् ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया