काठमाडौँ । जर्मनीमा बेरोजगारको संख्या १० वर्षपछि पहिलोपटक ३० लाख नाघेको छ ।

श्रम कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अगस्ट महिनामा बेरोजगारको संख्या ३० लाख २० हजार पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा ४६ हजारले बढी हो ।

advertisement

केहिवर्ष अघि देखिएको आर्थिक मन्दीको असर हाल पनि कायमै रहँदा बेरोजगारीको समस्या समाधान हुननसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

विश्व अर्थतन्त्रको अनिश्चितता र युक्रेनमाथि रुसको आक्रमणले अर्थतन्त्र कमजोर बनेको श्रम मन्त्रीको भनाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जर्मनीमा अर्थतन्त्र चलायमान बनाउन ५ सय अर्ब युरोको विशेष कोषमार्फत पूर्वाधारमा लगानी भएको समाचारमा जनाइएको छ ।

 

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com