काठमाडाैं । झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए। उनी आफ्ना साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग दिउँसो करिब ३ बजे पार्कमा पुगेका थिए।

advertisement

प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार घटना बारे पार्क सञ्चालक जीवन ढुङ्गानाले राति ८ बजे मात्रै प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको र घटनास्थलमै प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com