काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई निष्पक्ष र संस्थागत भूमिकामा रहँदै काम गर्न आग्रह गरेकी छिन्।

शनिबार काठमाडौँमा आयोजित ३३ औँ महानगर प्रहरी दिवसको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले प्रहरीलाई कुनै व्यक्तिको निर्देशनमा मात्र सीमित नभई सम्पूर्ण संस्थाको प्रतिनिधि बनेर फिल्डमा खटिन सुझाव दिइन्।

advertisement

उनले कानुनी शासनको आधारमा कार्य गर्ने मानक कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सुशासनको अभ्यासमा महानगर प्रहरी आफैं उदाहरण बन्नुपर्नेमा जोड दिइन्।

डंगोलका अनुसार काठमाडौँ महानगरपालिकामा सुशासन र उत्तरदायित्वपूर्ण सेवा प्रवाह सुनिश्चित गर्न महानगर प्रहरीको भूमिका निर्णायक हुने छ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com