काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको दिगो विकासका लागि शक्तिशाली पार्टी र सक्षम नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

रुपन्देहीको मर्चवारमा शनिबार आयोजित एमालेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमालेलाई देशको नेतृत्व गर्न सक्ने पार्टीको रूपमा जनताले स्वीकार गरिरहेको दाबी गरे। “बलियो पार्टीबिना विकास सम्भव छैन भन्ने बुझेर हजारौं जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गरेका छन्, यसले मलाई उत्साहित बनाएको छ,” पौडेलले भने।

advertisement

उनले मर्चवारलाई आगामी केही वर्षमै बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरे। साथै, स्थानीयस्तरमा अस्पताल, क्याम्पस र अन्य पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com