काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमण टोलीमा रहेका पत्रकार प्रकाश सिलवालले मोदीसँग भेटवार्ताको कार्यतालिका नरहेको जानकारी दिए। ‘भारत भ्रमण तय भइसकेको अवस्थामा भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम चीनमा छैनु, सिलवालले भने।
शनिबार चिनियाँ राष्ट्रपति सीसँगको द्वीपक्षीय भेटका क्रममा प्रम ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा नेपालको आपत्ति प्रकट गरेका थिए। भारतीय प्रम मोदीसँग भेटवार्ता भएको अवस्थामा ओलीले सो विषय उठाउने अपेक्षा गरिएको थियो।
सांघाइ कोअपरेसन अर्गनाइजेसनको २५औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार











प्रतिक्रिया