काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आह्वान गरेको केन्द्रीय समिति बैठकमा पार्टी संरक्षक रेशम चौधरी पक्ष सहभागी नहुने भएको छ।

अध्यक्ष श्रेष्ठले आइतबार र सोमबार दुई दिनका लागि केन्द्रीय समिति बैठक बोलाएकी छन्। बैठकमा केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्ने, विधान संशोधन, समसामयिक राजनीतिक विषय र विविध एजेन्डामा छलफल हुने कार्यक्रम रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठक आइतबार दिउँसो १ बजे काठमाडौंमा बस्नेछ।

advertisement

तर, रेशम चौधरी पक्षका नेताहरूले बैठकमा सहभागी नहुने स्पष्ट गरेका छन्। “हामी बैठकमा जाँदैनौं। अरु को–को जाने हुन्, थाहा छैन,” रेशम पक्षका एक शीर्ष नेताले भने।

नाउपाभित्रको विवाद चर्किँदै गएको छ। केही समयअघि रेशम चौधरी पक्षले अध्यक्ष श्रेष्ठलाई पदमुक्त गर्दै लालबीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको थियो। तर, निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै वैधानिक अध्यक्ष भएको निर्णय गरेपछि दुवै पक्षबीचको द्वन्द्व थप गहिरिएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com