काठमाडौं । राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि चीनले जारी गरेको आधिकारिक वक्तव्यमा नेपालले ‘ताइवान स्वतन्त्रता’ अस्वीकार गर्ने र चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) लाई समर्थन गर्ने अडानलाई विशेष प्राथमिकताका साथ उल्लेख गरिएको छ।

बेइजिङले सार्वजनिक गरेको वक्तव्यमा नेपालले दीर्घकालीन रूपमा ‘एक-चीन नीति’ को पक्षपोषण गर्दै आएको प्रतिबद्धताको प्रशंसा गरिएको छ। प्रधानमन्त्री ओलीले नेपाल कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न नदिने दृढ अडान पुनः प्रष्ट पारेको जनाइएको छ।

advertisement

वक्तव्यअनुसार प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले अनेकौँ चुनौती पार गर्दै अझ मजबुत भएको र परस्पर विश्वास तथा सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्। उनले नेपाल ‘ताइवान स्वतन्त्रता’को कडाइका साथ विरोधी रहेको स्पष्ट पार्दै, नेपाल चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ, ग्लोबल सेक्युरिटी इनिसियटिभ र ग्लोबल सिभिलाइजेशन इनिसियटिभ सबैलाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन्।

त्यस्तै राष्ट्रपति सी जिनफिङले चीन–नेपाललाई हिमाल र नदीले मात्र नभई दीर्घकालीन मित्रताले जोडिएको राष्ट्रका रूपमा चित्रण गरे। उनका अनुसार विगत सात दशकदेखि दुवै मुलुकले सुख-दुःखमा सँगै यात्रा गर्दै मैत्रीपूर्ण सम्बन्धको बलियो अध्याय निर्माण गरेका छन्। उनले बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतको सहकार्य स्थिररूपमा अगाडि बढिरहेको पनि बताए।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com