काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणका लागि आज तियानजिन पुगेका छन्। यस अवसरमा उनले सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा समेत सहभागी हुनेछन्।
रुसको सरकारी समाचार संस्था तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन आएका हुन्। तियानजिनपछि उनी बेइजिङ जाने कार्यक्रम छ। आगमनको क्रममा पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ सहित स्वागत गरिएको छ।
चीनमा आयोजित जापानसँगको युद्धको ८० औं वार्षिकोत्सव को अवसरमा हुने ‘विजय दिवस’ परेडमा समेत राष्ट्रपति पुटिनले सहभागिता जनाउनेछन्।
एससीओ शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगिसकेका छन्। चीनको तियानजिनमा आगामी ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शिखर सम्मेलन हुने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया