काठमाडौं । चीनको तियानजिनमा भइरहेको शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङचाओ स्मृति संग्रहालय अवलोकन गरेका छन्।

चिनियाँ क्रान्तिका ऐतिहासिक व्यक्तित्व चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन्। अवलोकन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चिनियाँ राजदूत छन सङ समेत सहभागी थिए।

advertisement

प्रधानमन्त्री ओलीले आज बिहानै टोलीसहित चीनको धान उत्पादन विशेष क्षेत्र पनि अवलोकन गरेका थिए।

चीनका राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १४ गते चीन पुगेको हो। एससिओ शिखर सम्मेलन आजदेखि सुरु भएको छ भने भोलि (सोमबार) प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको नेपाली टोली केही दिन चीनमै रहने र बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com