काठमाडौं । प्रख्यात चिकित्सा शिक्षा सुधारक प्रा.डा. गोविन्द केसी फेरि सत्याग्रहमा उत्रिन लागेका छन्। उनी आज दिउँसो गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्ने तयारीमा छन्।
साढे १२ बजे पत्रकार सम्मेलन गर्दै सत्याग्रहको तयारीको जानकारी दिने तयारीमा रहेका केसीका सहयोगी डा. अमृत जैसी का अनुसार, १ बजेदेखि सत्याग्रह शुरू हुनेछ।
केसीले लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रह, पदयात्रा र अन्य दबाबमूलक अभियान सञ्चालन गर्दै आएका छन्।
चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले सरकारी एमबीबीएस कलेजमा १,३५९ सिट थपेर २,६३५ पुर्याउने निर्णय गरेको छ भने बीडीएस कलेजको सिट ६२५ बनाइएको छ। केसीले भने, यो निर्णय निजी मेडिकल कलेज संचालकहरूको आर्थिक स्वार्थलाई प्राथमिकता दिएको भन्दै अस्वीकार गरेका छन्।
उनको माग छ कि सिट वृद्धि सरकारी कलेजमा नै हुनुपर्छ, निजी कलेजमा होइन। निजी कलेज संचालकलाई पोस्न प्रधानमन्त्री नै सक्रिय रहेको विज्ञहरूले बताएका छन्।
केसीको सत्याग्रहलाई चिकित्साशिक्षा सुधारको सक्रिय आन्दोलनका रूपमा हेरिएको छ, र सरकारले आगामी कदममा आफ्नो निर्णय फिर्ता लिनुपर्ने दबाब बढ्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया