बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व. रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन्। आइतबार आयोजित समारोहमा अध्यक्ष प्रचण्डले बन्जाडेको सालिक अनावरण गर्दै उनको योगदानको स्मरण गरेका हुन्।
बन्जाडे माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनको प्रारम्भदेखि भूमिगत रहेर सक्रिय रहनुभएको थियो। उहाँ २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परी ५५ वर्षको उमेरमा निधन हुनुभएको थियो।
बन्जाडे त्यो समयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही जिल्लाको इन्चार्जको जिम्मेवारीमा थिए। पार्टी र जनआन्दोलनमा उहाँले पुर्याएको योगदानको सम्मान स्वरूप रुपन्देही माओवादी केन्द्रले सालिक निर्माण गरेको हो।
सो अवसरमा अध्यक्ष प्रचण्डले ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको पनि विमोचन गरेका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया