काठमाडाैं । चीनमा आइतबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा राष्ट्रपति सीले भारत–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको र दुई देशको मित्रता तथा सहयोग विश्वका लागि महत्त्वपूर्ण भएको बताए।

राष्ट्रपति सीले भने, “विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ। चीन र भारत प्राचीन सभ्यताका देश हुन्। दुवै देश विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्र हुन् र ग्लोबल साउथको हिस्सा हो। यसैले दुवै देशले असल छिमेकीका रूपमा रहनु र मिलेर अघि बढ्नु आवश्यक छ। ड्र्यागन र हात्ती सँगै हुनु धेरै महत्त्वपूर्ण छ।”

advertisement

यसअघि प्रधानमन्त्री मोदीले पनि भारत–चीन सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको बताएका थिए। उनले दुई देशबीच सीमा विवाद समाधान, व्यापार र कल्चरको सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।

सोही अवसरमा, सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा आयोजना हुँदैछ। सम्मेलनमा मोदी, सी जिनपिङका साथै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुनेछन्।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com