काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशभरका पुस्तकालयलाई कानुनी, आर्थिक र डिजिटल रूपमा सुदृढ बनाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

१८ औँ पुस्तकालय दिवसको अवसरमा शिक्षा मन्त्रालयअन्तर्गतको मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पुस्तकालय युवाहरूका लागि अनुसन्धान, नवप्रवर्तन र सीप विकासको केन्द्र बनेको बताए। विशेषगरी ग्रामीण क्षेत्रका पुस्तकालयले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँच विस्तार गरिरहेको उनले उल्लेख गरे।

advertisement

उनले डिजिटल इकोनोमीलाई प्रवर्द्धन गर्न आवश्यक निर्देशिका कार्यान्वयनमा रहेको बताउँदै २०३० सम्म नेपालको जिडीपीमा डिजिटल इकोनोमीको योगदान ३ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। सो अवसरमा उनले सामाजिक प्लेटफर्म नेपालमा दर्ता नभएका प्रणाली चल्न नदिन सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि सात दिनको अन्तिम समय तोकेको पनि बताए।

मन्त्री गुरुङले अबदेखि बैंक नोट बाहेक हुलाक टिकट, स्मार्ट कार्ड लगायतका मुद्रण सामग्री सुरक्षित मुद्रण केन्द्रमा छापिने जानकारी दिएका छन्।

नेपालले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ मा पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाउने परम्परालाई सम्झेर यो दिवस मनाइँदै आएको हो।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com