बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको गठबन्धन अझै कायम रहेको दाबी गरेका छन्। आइतबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रचण्डले गठबन्धनका गतिविधि र माओवादी भवन निर्माणमा बुटवल उपमहानगरपालिकाको सहकार्यको उल्लेख गरे।
कार्यक्रममा प्रचण्डले माओवादी नेता स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका साथै ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरेका थिए। उनले टंकमणिलाई जोखिमपूर्ण परिस्थितिमा नेतृत्व लिन सक्ने क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरे।
बञ्जाडे माओवादीको सशस्त्र संघर्षको प्रारम्भदेखि भूमिगत भूमिकामा सक्रिय थिए। उनी २०७८ मंसिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा निधन भएका थिए।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया