काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच सोमबार चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले भेटवार्ता सम्पन्न भएको जानकारी दिएको छ।
भेटवार्ता एसियाली सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका अवसरमा भएको हो। प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् र यसअघि हिजै उनले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरिसकेका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया