• फाइल तस्बिर

रुकुम पश्चिम ।  जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

उनिसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

advertisement

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com