काठमाडौं ।  बाढीपहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् । आज शहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरि काम गर्नुपर्ने बताए ।

बैठकमा गृहमन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो ।
हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका २ टिमुरे,अरनीको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका -२कोदारी र घट्टेखोला, बेनिजोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ । त्यस्तै, घोराही थवाङ शहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट,कर्णाली राजमार्गअन्तर्गत शुभकालिन गाउँपालिका र भेरि करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ ।

advertisement

त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धि पूर्व शतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अवदेखि भ्वइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com