सिन्धुली । दुधौली नगरपालिका–१४, भौडीमा एक वृद्धाले आफ्नै छोराको हातबाट ज्यान गुमाउनु परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ४० वर्षीय तुलाराज सुनुवारले घरायसी विवादका क्रममा आफ्नी आमा, ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेका हुन्।
प्रहरीका अनुसार तुलाराजले फलामको खन्ती प्रयोग गरी आमाको टाउको र छातीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी फालकुमारीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
हत्या पश्चात भाग्न खोजेका तुलाराजलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे छानबिनका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा विशेष टोली खटाइएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया