काठमाडौं ।  काठमाडौँको टुँडिखेलमा देउडा नृत्य र झाँकी प्रस्तुत गर्दै गौरा पर्व मनाइएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भइ अध्ययन, रोजगारीसहित विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएकाहरुले हर्षाेल्लासकासाथ टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।

advertisement

प्रशंसा संरक्षण समूहद्वारा आयोजित कार्यक्रममा गौरा माताको प्रतिमा शिरमा राखेर देउडा, ठाडो खेल, छलिया नृत्य, हुड्के नाचसहित गौरा पर्व मनाइएको छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने चलन छ ।

पछिल्ला वर्षमा सुदुरपश्चिम तथा कर्णाली प्रदेशबाट आएर काठमाडौँ उपत्यकामा बसोबास गर्ने नागरिकको सङ्ख्या बढ्दै गएपछि राजधानीमा गौरा पर्व धुमधामका साथ मनाउन थालिएको हो । राजधानीमा २०५२ सालदेखि गौरा पर्व मनाउन थालिएको हो । गौरा पर्व २०५४ सालदेखि नियमितरूपमा टुँडिखेलमा मनाइँदै आएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com