काठमाडौँ । नेपालका विभिन्न जिल्लाबाट भारतको नयाँ दिल्ली पु¥याएर मृगौलाको किनबेच गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र सिन्धुली लगायतका जिल्लाबाट विभिन्न प्रलोभनमा पारेर दिल्ली पु¥याइ मृगौला झिकी विक्रि वितरण गर्ने काममा संलग्न रहेको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सिन्धुपाल्चोकका २ जनालाई आइतबार पक्राउ गरेको हो ।

advertisement

ब्यूरोका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का ३८ वर्षीय श्याम कृष्ण भण्डारीलाई कञ्चनपुरको गड्डाचौकी नाकाबाट र इन्द्रावती गाउँपालिका २ का सुुजन भारतीलाई पार्साको वीरगञ्जस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

यसअघि पक्राउ परेका ३ जनाले दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी नरेन्द्र कुँवरले जानकारी दिए । अवैध रुपमा उनीहरुको समूहले १ सय बढीको मृगौला बेचबिखन गरेको पाइएको प्रहरीले जनाएको छ ।

सो गिरोहले मृगौला दिन व्यक्तिलाई ६ लाख रुपैयाँ प्राप्त गर्ने प्रलोभन दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यद्यपि सो समूहले पीडितलाई भने अनुसार रकम नदिएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो । घटनामा हालसम्म प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुले दिल्लीको लाजपत नगर क्षेत्रमा बसेर मानव अङ्गको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com