काठमाडौं । पछिल्लो केहि समययता रातको समयमा सवारी चलाउन रोक लगाइएको बीपी राजमार्गमा थप १५ दिन सवारी चलाउन नपाइने भएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्त सम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाएको हो । समितिका अनुसार काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई सो समयमा सञ्चालका लागि रोक लगाउनले निर्णय भएको हो ।

advertisement

गत वर्षको वर्षातले बनाएको क्षतबिक्षत बीपी राजमार्गमा, कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राती सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com