काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा कम्तीमा २५० जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। प्रारम्भिक विवरण तालिबान सरकारले सार्वजनिक गरेको हो।

राति ११:४७ बजे नांगरहार प्रान्तको जलालाबाद सहरदेखि करिब १७ किलोमिटर उत्तर–पूर्व केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। अमेरिकी सञ्चारमाध्यम एनबिसी न्युज का अनुसार ग्रामीण क्षेत्रमा बढी क्षति भएकाले विवरण ढिलो आइरहेको छ।

advertisement

भूकम्पपछि लगातार पराकम्पनहरू अनुभव गरिएको छ। पहिलो ठूलो धक्कापछि ५ म्याग्नेच्युडभन्दा बढी तीव्रताका पराकम्पनहरूले क्षति थपिएका छन्। त्यसपछि पनि ४ देखि साढे ४ म्याग्नेच्युडसम्मका दर्जनौँ पराकम्पन महसुस गरिएको बताइएको छ।

भूकम्पको प्रभाव राजधानी काबुल (२ सय किलोमिटर टाढा) र पाकिस्तानको इस्लामावाद (४ सय किलोमिटर टाढा) सम्म पुगेको थियो। सडक अवरुद्ध भएपछि उद्धार कार्यमा कठिनाइ भइरहेको तालिबान सरकारले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरिएको छ।

यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा करिब एक हजार जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com