काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका ठूला १० वाणिज्य बैंकको ऋण गुणस्तर (एसेट क्वालिटी) परीक्षण गर्ने जिम्मा बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीलाई दिएको छ । सम्झौता अनुसार कम्पनीले आगामी पाँच महिनाभित्र काम पूरा गर्नुपर्नेछ ।
गत बिहीबार राष्ट्र बैंक र सो कम्पनीबीच करार सम्झौतामा हस्ताक्षर भएको हो । परीक्षणका लागि कम्पनीले प्रस्ताव गरेको २७१ हजार ६७० अमेरिकी डलर स्वीकृत भएको छ ।
ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, प्रभु, एनआईसी एशिया, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकका सम्पत्तिको गुणस्तर परीक्षण हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया