बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय सम्बन्धमा धम्की र शक्ति राजनीतिमाथि प्रहार गर्दै निष्पक्ष, न्यायपूर्ण र बहुपक्षीय विश्व व्यवस्थाको माग गरेका छन् । सोमबार तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले कुनै देशको नाम नलिँदै केही शक्तिशाली मुलुकलाई कट्टरपन्थी र शक्ति राजनीतिको आरोप लगाउँदै विश्वलाई समानतामा आधारित व्यवस्थाको आवश्यकता रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न मुलुकमाथि भारी शुल्क लगाएको र त्यसबारे चीनले आपत्ति जनाइरहेको बेला जिनपिङको भनाइ आएको हो ।

advertisement

जिनपिङले एससीओ स्थापनाकालदेखि नै पारस्परिक विश्वास, सहयोग, समानता, विविधताको सम्मान र साझा विकासका आधारमा अघि बढेको उल्लेख गरे । उनले आतंकवाद, पृथकतावाद र अतिवादविरुद्धको साझा कारबाही, सीमा क्षेत्रमा विश्वास निर्माण र क्षेत्रीय शान्ति स्थिरतामा संगठनको योगदानलाई स्मरण गरे ।

उनले बेल्ट एण्ड रोड पहल, अन्तर्राष्ट्रिय न्याय र सभ्यताबीचको संवादलाई चीनले निरन्तर समर्थन गर्दै आएको बताउँदै हेजेमोनिक सोच र बाह्य हस्तक्षेपको विरोध गर्ने प्रतिबद्धता दोहोर्याए ।

एससीओ सदस्य राष्ट्रहरूबीच आपसी सम्मान, रणनीतिक संवाद र एकताको आवश्यकता औंल्याउँदै उनले साझा विकास र सहयोगलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । विश्व परिस्थिति अस्थिर र चुनौतीपूर्ण बनेको उल्लेख गर्दै जिनपिङले धम्कीपूर्ण राजनीति अस्वीकार गर्न, वैध विकास अधिकारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघसहित बहुपक्षीय संस्थाको भूमिकालाई सुदृढ बनाउन आग्रह गरे ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com