काठमाडौं । धरानका मेयर हर्क साम्पाङ राई आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आफ्नो पक्षमा लगाइएको ‘हर्क साम्पाङ जिन्दावाद’ नारा सुनेर दङ्ग परेका छन्।
मेयर राईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भन्ने मैले कल्पना पनि गरेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हो। सबैलाई धन्यवाद!”
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया