काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा भएको भेटवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा प्रारम्भिक समझदारी भएको बताएका छन्। तर उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्ने विषयमा भने कुनै टिप्पणी गरेका छैनन्।

चीनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा पत्रकारसँग कुरा गर्दै पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई उचित ठहर गर्दै फेरि एक पटक युद्ध भड्किनमा पश्चिमी देशहरूको भूमिका प्रमुख रहेको दाबी गरे।

advertisement

अलास्का बैठकपछि अमेरिकी विशेष दूत स्टिभ विटकफले पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सहमति जनाएको जानकारी दिएका थिए, तर रुसले यसबारे आधिकारिक पुष्टि गरेको छैन। पुटिनले भने, ट्रम्पसँग भएको सहमति अनुसार ट्रम्प युक्रेनमा शान्ति प्रक्रियालाई अघि बढाइरहेको विश्वास व्यक्त गरे।

उनले युद्धको मूल कारण पश्चिमी मुलुकहरूले युक्रेनलाई नेटोमा सामेल गराउने निरन्तर प्रयास भएको बताए। पुटिन लामो समयदेखि युक्रेनलाई पश्चिमी सैन्य गठबन्धनमा सामेल गर्ने योजनाको विरोध गर्दै आएका छन्।

सन् २०१४ मा पुटिनले क्रिमियालाई कब्जा गरेका थिए भने त्यसयता पूर्वी युक्रेनका केही भूभाग रुस समर्थित समूहले नियन्त्रणमा लिएका छन्। फेब्रुअरी २०२२ मा पुटिनले व्यापक आक्रमणको आदेश दिएपछि युद्ध अझ तीव्र बनेको थियो।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com