काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल चीन प्रस्थान गर्ने भएका छन्। उनले भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा आयोजना हुने सैनिक एकाइसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया