काबुल । अफगानिस्तानमा आइतबार मध्यरात गएको ६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ८ सय जनाको ज्यान गएको छ भने दुई हजार पाँच सयभन्दा बढी घाइते भएका छन्। मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ।
भूकम्पले सुतिरहेका मानिसलाई घरका भग्नावशेषले च्याप्दा ठूलो मानवीय क्षति भएको हो। सहरका बासिन्दाले रातभरि निरन्तर धक्का महसुस गरेको बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु जलालाबाद शहरबाट करिब २७ किलोमिटर टाढा, काबुलबाट १५० किलोमिटर दूरीमा रहेको थियो। न्यूयोर्क टाइम्सका अनुसार सबैभन्दा बढी मृत्यु छिमेकी कुनार प्रान्तमा भएको छ।
यसैबीच सोमबार पुनः ४ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको छ। जमिनको करिब ६५ किलोमिटर गहिराइमा केन्द्रित यस भूकम्पका धक्का पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तसहित भारतको गुरुग्रामसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया