काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका सीमा विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्ने आफ्नो स्पष्ट नीति सार्वजनिक गरेको छ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सीमासम्बन्धी विवादको विषयमा नेपालको अडान स्पष्ट पारेका हुन्। उनले भने, ‘नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुने हाम्रो नीति हो।’
यसैबीच, लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत–चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चिनियाँ समकक्षीसँग धारणा राखेको गुरुङले जानकारी दिए। जवाफमा चिनियाँ राष्ट्रपति सी चिनफिङले भने, ‘यो नेपाल र भारतबीचको विषय हो, चीनले कुनै हस्तक्षेप गर्दैन।’
चिनियाँ नेताले दुई देशबीचको समझदारीको सम्मान गर्नुपर्ने र नेपालको भूमि अवैध रूपमा मिच्न नहुने पनि प्रष्ट पारेका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया