काठमाडौं। साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ हुने द्विपक्षीय भेटवार्ता दुई घण्टा पछि सरेको छ ।
चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा सोमबार साँझ ६: ४५ देखि ७:१५ सम्मका लागि भेटको समय तय भएको छ। तर एससीओ प्लसको बैठक लम्बिएका कारण भेट गर्ने समय केही पछि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सोमबास एससीओ बैठकमा सम्बोधन गरेका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया